पर्सा : नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमिति बैठक समपन्न भएको छ ।
महासंघको सभाहलमा बसेको बैठकले सञ्चारकर्मी तिवारी यादव माथी भएको दुव्यवहारको घटनामा दोषी प्रहरीलाई कार्वाही नगरेकाले थप आन्दोलनको कार्यक्रम तय गरेको छ ।
बैठकले विरोधको कार्यक्रम सार्वजनिक गर्दै एक साता सम्म प्रहरी विरुद्ध आ–आफ्नो सञ्चारसंस्थाबाट विरोधका नारा सहितको प्लेकार्ड राखी प्रदर्शन गर्ने जसमा जेष्ठ २० र २१ गते ‘पत्रकारसंग दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर’ २२ र २३ गते ‘लक डाउनको नाममा प्रहरी दमन बन्द गर’ २४ र २५ गते ‘प्रहरी मेरो साथी नारामा मात्र हैन् व्यवहारमा पनी लागु गर’ त्यसैगरी २६ गते आ–आफ्नो हातमा कालोपट्टी बाधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यसैगरी महासंघले प्रहरीको ज्यादतीले विभिन्न पेशाकर्मी संघ संगठन समेत पिडित बनेकाले प्रहरीको अलोकतान्त्रिक कृयाकलाप निरुतसाहित गर्न छलफल तथा खबरदारी गर्ने निर्णय गरेको हो ।
लकडाउनको असहज परिस्थितिमा समस्यामा परेका सदस्यहरुलाई राहत समाग्रि समेत उपलब्ध गराउने र सञ्चारकर्मीहरुको विमा अन्तिम चरणमा पुगेको विषयमा समेत निर्णय गरिएको जनाएको छ ।
महासंघका कार्यबाहक अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको बैठकमा सह-सचिव आरके पटेल, निलिमा पौडेल, कोषाध्यक्ष भुषण यादव, सदस्यहरु संजिव मिश्रा, सुष्मा शर्मा, जियालाल साह, मनोज पटेल प्रणय साह, अमित अग्रवाल, पुष्पराज शर्मा लगायतको उपस्थिति रहेको थियो ।