
पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
संक्रमितमध्ये १६२ जना पुरुष र ४ जनामा महिलामा आज कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ ।
देशभर १ हजार ३ सय ४९ जना आईसोशनमा रहेका छन् । आज १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
हालसम कोरोना संक्रमणमुक्त भएर घर फकिनेहरुको संख्या २२० पुगको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिनुभयो ।