रौतहटको गौरमा खाद्यान्न सामग्री बोकेको ट्रकबाट प्रहरीले दश हजार थान गुट्खा बरामद गरेको छ ।
कपिलवस्तुको चन्द्रौटाबाट आएको लु २ ख ३३४३ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा प्रहरीले करिब २२ लाख मूल्य बराबरको गुटखा बरामद गरेकाे हो ।
चामल र लुगा धुने सर्फसँगै लोड गरी ल्याएकाे अवस्थामा उक्त गुट्खा बरामद गरिएकाे रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए । बरामद गरिएकाे गुटखा गौर भन्सार पठाउने तयारी भइरहेकाे उनले बताए ।