बारामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको सिम्रौनगढ नगरपालिकामा २ र सुबर्ण गाउँपालिकामा १ गरि आज थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिकामा वडा नम्बर ३ का १८ र ३० बर्षय पुरुष, तथा सुबर्ण गाउँपालिका वडा नम्बर १ का २४ बर्षय पुरुष रहेका छन ।

संक्रमित भएका संक्रमितहरु गत जेठ ५, ७ र १० गते भारतको मुंबइ र इन्दौरबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

गत जेठ १२ गते उनीहरुको सहित ४८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जसमध्य आज ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संगै बारामा कोरना संक्रमितको संख्या ६२ रहेको छ जसमध्य एकको मृत्यू भएको छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ९, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना, पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १४ जना र सुबर्ण गाउँपालिकामा १ जनामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय