
रुकुम घटनाको निष्पक्ष छानमिन तथा दोषि उपर कडा भन्दा कडा कार्वाहिको माग गर्दै बाराको निजगढमा आज बिरोध र्यालि निकालिएको छ ।
निजगढको भमरा पुलबाट र्यालि बुद्वचोकमा गएर कोण सभामा परिणत भएको हो ।
जातिय बिभेद अन्त्य गर, घोषणा र कानुन नारामा व्यवहार पुरानै पारामा, जातिय बिभेद चाहिदैन मान्छे मार्न पाईदैन जस्ता नारा लगाउदै र्यालिले निजगढ बजार प्ररिक्रमा गरिएको थियो।
निजगढ नगर भित्र रहेका दलित अधिकारकर्मि दलित युवाहरुको समुहले दवाब र्यालि निकाले हो । र्यालिमा प्ले काड ब्यानर लिदै करिब १ सय भन्दा बढि दलित युवाहरुको सहभागिता रहेको थियो ।
कोण सभालाई सम्बोदन गर्दै निजगढ वडा नम्वर -८ का वडा सदस्य समेत रहेकि प्रमिला सुनारले दलित माथिको बिभेद सँय नहुने र यो घटनाको सत्य तथ्य छानमिन गरि दोषिलाई कडा भन्दा कडा सजाएको माग राख्नु भएको थियो ।
साथै सम्बोदनकै क्रममा अर्का दलित अगुवा एवम् महिला नेतृ सर्मिला बिश्वकर्माले दलित र गैर दलित बिच के भन्नता छ र दलितलाइ अपमान गर्ने भन्दै प्रति प्रश्न गर्नुभएको थियो उहाले दलित चाहि ९महिनामा र गैर दलित चाहि १२ महिना जन्मिने हो र भन्दै आक्रोस ब्यक्त गर्नु भएको थियो साथै दलित अधिकारकर्मि तथा सन्चारकर्मि उमेश सुनारले यो बिभेद बिरुद्वको लडाई हामि केहि दलितको मात्र नभाई नेपाल भरका ६०लाख दलितहरुको लडाई भएको र यो रुकुम घटना जातिय मात्र नभई मानबिय बिरुद्वको समेत भएको बताउनु भएको थियो र यो घटनालाई राजनिति गन्धदिन केहि नेतृत्वहरु लागि परिरहेको हुदा यो राजनिति भन्दा पनि जातिय बिभेद बिरुद्वको लडाई भएकोले सबैले सहयोग गर्न समेत अपिल गर्नु भएको थियो ।
कार्यक्रममा मछिन्द्र गहतराज ईन्द्र बिश्वकर्मा लगाएतका दलित अगुवाहरुले सम्बोदन गरेका थिय ।
यस्तै, रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानविन गर्दै मृतकको आत्माको शान्तिको कामना गर्दै दलित संगठन निजगढ नगर कमिटीको आयोजनामा मैनबत्ती बालेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य रविराज दंगाल, जिल्ला सदस्य अरुणा विक, जेष्ठ नागरिक आश्रम पथलैयाका अध्यक्ष जीवन कालिकोटे लगायतले सम्बोधन गरेका थिए ।
शहीद चोकमा भएको कार्यक्रममा नेकपा जिल्ला सदस्य तथा निजगढ नगर उपप्रमुख लिलादेवी लामिछाने खनाल, जिल्ला सदस्य रामजी बजगाई, महिला नेतृ अन्जु नेपाली लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन पवन विकले सञ्चालन गरेका थिए ।
