बारामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा पचरौता नगरपालिकामा कार्यरत ४१ बर्षका पुरुष स्वास्थ्यकर्मी रहेका छन भने बार्की पचरौता नगरपालिका वडा नम्बर १ का २२ र ३० बर्षय पुरुष, वडा नम्बर २ का २९, ३५, र ३६ बर्षय पुरुष, वडा नम्बर ५ का ४० बर्षय पुरुष र वडा नम्बर ७ का ५० बर्षय महिला रहेका छन ।

संक्रमित भएका पचरौता नगरपालिका संक्रमितहरु गत बैशक ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

गत जेठ ७ गते उनीहरुको सहित ५८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो र हाल उक्त क्वारेन्टाइनमा १०३ जना रहेको पचरौता नगरपालिका मेयर रमेश कुमार यादबले जानकारी दिए ।

यो संगै बारामा कोरना संक्रमितको संख्या ५५ रहेको छ जसमध्य एकको मृत्यू भएको छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना र पचरौता नगरपालिकामा ११ जनामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय