श्याम गुप्ता : भारतमा अलपत्र परेका तीन सय भन्दा बढी नेपाली नगरिकलाई बुधवार नेपालको मुख्य प्रवेश द्वार बिरगंज-रक्साैल नाकाबाट नेपाल भित्रिएका छन् ।
तीन सय ७५ जना नेपाली नागरिकलाई बिरगंज-रक्सौल नाकाबाट नेपाल लयाएको पर्साका साहयक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन् ।
पर्सा र काठमाण्डौं बाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नैं पठाउँने तयारी भईसकेको उनले बताएका हुँन् ।
पर्सा र काठमाण्डौंका नागरिकलाई भने बिरगंजकाे विभिन्न स्थलमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने उनले बताए ।
भारतीय सिमावर्ती सहर स्थित रक्सौलकाे क्वारेन्टाइनमा अलपत्र परेका नेपालीहरुलाई नेपाल भित्र्याउँने पटक-पटकको यो भन्दा पहिला प्रयास गरे पनि भारत सरकारले नेपाली नागरिकलाई छाड्न आदेश दिएको थिएन ।
बुधवार बिहान भारतीय सरकारले आधिकारिक पत्र पठाएकाेले भारतीय पदाधिकारीहरुले नेपालको लागि छाडेका थिए ।
केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पनि पठाईएको थियो ।