श्याम गुप्ता : बिरगंज स्थित नारायणी कोभिड बिशेष अस्पताल गण्डकमा उपचाररत २१ जना कोरोना सङ्क्रमितहरू निको भएर मंगलवार राति डिस्चार्ज भएका छन् ।

पछिल्लो समय दुई पटक रिपोर्ट नेगेटिभ आए पछि उनीहरूलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

डिस्चार्ज हुँनेमा ४ जना महिला , ३ जना बालक सहिँत र २१ जना रहेका छन् ।

डिस्चार्ज भएका सबै बिरगंज महानगरपालिकाकाे बासिन्दा रहेको मेयर बिजय कुमार सरावागीले बताए ।

गण्डक अस्पताल अहिले नारायणी अस्थायी कोभिड अस्पतालको रूपमा सञ्चालन भईरहेको छ । अस्थायी अस्पतालमा ३० जना संक्रमित भर्ना भएका थिए ।

यस अघि नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सबै संक्रमित डिस्चार्ज भईसकेकाले नारायणी अस्पताल कोरोना मुक्त भईसकेको छ । नारायणी अस्पतालमा पुन : जेनरल सेवा सुचारु गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय