युथ अफ निजगढकी अध्यक्ष समेत रहेकि समाजसेबी गंगामाया श्रेष्ठ द्वारा भरतपुर चितवनमा रहेको दुखको साथी अभियान र्माफत एक गर्भवती महिलाका लागि नगद सहयोग गरेकी हुन ।

लकडाउनको समयमा विभिन्न परिस्थिती बाबजुत घरको आयस्रोत बन्द भएपछि गर्भवती महिलाहरुलाई पोषिलो खानाको अभाव तथा खाद्यन्न, आवश्यक पोषण कमि भएको महसुस भईरहेको बेला समाजसेबी श्रेष्ठले नगद रु दुई हजार दुई सय सहयोग गरेकी हुन ।

समाजसेबी श्रेष्ठ आफैले फोन गरेर सहयोग गरेको दुखको साथी अभियानका अभियान्ता तथा समाजसेबी देवीका कुँवरले निजगढ न्युजलाई जानकारी दिईन । उनले भनिन्, “गंगामाया श्रेष्ठको सहयोगले यो अभियानलाई अतुलनीय सहयोग मिलेको र जिल्ला बाहिरबाट पनि सहयोग आउदा दुखको साथीले साँच्ची नै दुखको साथी पाएको महसुस गरेका छौ।”

लकडाउन शुरु भएयता गर्भवती तथा सुत्केरीहरुले धेरै समस्या झेल्नुपरेको छ । घरमै थुनिनुपर्दा मानसिक चिन्ता, समयमा गर्भजाँच गर्न नपाउनु, किनमेलमा कठिनाई तथा आम्दानी घट्दा पोषिलो खानाको अभाव लगायत धेरैथरीका समस्या भोग्नुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय