युवा संघर्ष समिति पथलैयाद्वारा पैदल यात्रीहरुलाई निशुल्क खाजा तथा खाना व्यवस्था गरेको छ ।

बैशाख १७ गते देखी संचालन गरेको उक्त कार्यक्रम बैशाख २७ गते सम्म संचालन गरेको थियो ।

कार्यक्रमको समापन अवधिमा १०२८ जना पैदल यात्रीहरुलाई खाजा तथा खाना र पानी वितरण गरेर पैदल यात्रीहरुलाई गन्तव्य स्थान सम्म पुग्न प्रहरी प्रशासनसंग समन्वय गरि सवारी साधनको समेत व्यवस्था गरेको थियो ।

उक्त कार्यक्रमलाई देश तथा बिदेशमा रोजगारमा आबद्ध भएका पथलैया स्थानीय युवाहरु तथा स्थानीय बासिहरुले यस कार्यको प्रशंसा गर्दै खाद्ध्य सामग्री तथा आर्थिक रकम समेत जुटाएर समितिलाई सहयोग गरेका थिए ।

समितिलाई अत्यावश्यक सामाग्रीहरु प्रदान गरि सहयोग गर्नुहुने द्यद्द वाटर कम्पनि, परोपकार सञ्जाल नेपाल, बैदेशिक रोजगारमा रहेका स्थानीय युवाहरु सन्त बहादुर तामांग, दिप राई, स्थानीय संस्था भिमेश्वर सामुदायिक बन उपभोक्ता समिति पथलैया, जी.सि.उ.मा.न.पा.१ का महिला वडा सदस्य तथा कार्यपालिका बोर्ड सदस्य शुभद्रा न्यौपाने लगायत खाध्य सामग्री तथा आर्थिक सहयोग गर्ने पथलैयाका सम्पूर्ण स्थानीयबासीहरु र विभिन्न संघ संस्थाहरुद्वारा कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरेका संस्थाका सम्पूर्ण सदस्यहरुको योगदानको मुल्यांकन गर्दै संस्थाका संयोजक कमल आचार्यले सहयोगीदाता र सहयोगी सदस्यहरुको मुक्त कण्ठले प्रशंसा गर्दै धन्यबाद ब्यक्त गरेका छन् ।

कार्यक्रमबाट संकलन भएका अन्य खाध्यन्न सामाग्रीहरु चामल, दाल, आलु, प्याज, तेल, नुन, सोयाबिन, साबुन, पानी, सेनिटाईर्ज, माक्स, चना, केराउ, इत्यादी सामाग्रीहरु जी.सि.उ.म.न.पा.१ संग समन्वय गरि दुधौरा, दशधुरे र पथलैयाका ३७ घरधुरी अति बिपन्न वर्गका परिवारहरुलाई वितरण गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय