
बारामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको पचरौता नगरपालिकामा २ सेना (नेपाल आर्मी) सहित ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा क्वारेन्टाइनको सुरक्षार्थ खटिएका ३५ र ३६ बर्षका नेपाल आर्मीका रहेका छन भने बार्की पचरौता नगरपालिका वडा नम्बर १ का ३० र ३५ बर्षय पुरुष र वडा नम्बर २ का १९ बर्षय पुरुष रहेका छन ।
संक्रमित भएका पचरौता नगरपालिका संक्रमितहरु गत बैशक ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
गत जेठ ७ गते उनीहरुको सहित ५८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो र हाल उक्त क्वारेन्टाइनमा १०३ जना रहेको पचरौता नगरपालिका मेयर रमेश कुमार यादबले जानकारी दिए ।
यो संगै बारामा कोरना संक्रमितको संख्या ४७ रहेको छ जसमध्य एकको मृत्यू भएको छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना र पचरौता नगरपालिकामा ३ जनामा भेटिएको छ ।