श्याम गुप्ता : प्रदेश नम्बर २ सरकारले खरिद गरेका २ वटा मेशिनमा जनकपुरको रियल टाईम पिसिआर मेशिन सञ्चालनमा आएको छ ।
प्रदेश नं.२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुरधामको कदम चोकमा रहेको पशु अन्वेशन प्रयोगशालामा सञ्चालनमा आएको मोसिनको अवलोकन गरेका छन् ।
उनको अवलोकन पछि सो मेसिन सञ्चालनमा आएको हाे ।
अब दैनिक रुपमा पाँच सय स्वावको परिक्षण जनकपुरधाममा नैं हुँने उनले बताउँदै उनले जनकपुरधाममा सञ्चालनमा रहेको सो प्रादेशिक ल्यावमा पछिल्लाे समय कोरोना पछि यो मेसिनबाट डेंगु लगायतका रोगको समेत परिक्षण हुँने बताए ।
यसका लागि जनकपुरधाम उपमहानगरपालिकाले जग्गा दिएको प्रादेशिक स्तरमा ल्याब आफ्नैं भवनमा सञ्चालनमा समेत ल्याउँने ल्याबका प्रमुख डा.राजकुमार महतोले जानकारी दिए । तीन दिन भित्रमा यो ल्याब सञ्चालनमा आउँने उनले जानकारी दिए ।
तत्काल सो मेसिनले एक लटमा ९६ वटा सम्म जाँच गर्ने छ , भने एक दिनमा तीन लट सम्म जाँच हुँने उनले जानकारी दिए ।
जनकपुरको मेशिन सञ्चालन भए लगतै प्राविधिक टोलि राजविराज तिर प्रस्थान गरेका छन् । राजविराजको पनि एक दुई दिन मैं सञ्चालनमा आउँने छन् ।
निरिक्षणमा मन्त्री साहसँगै मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे , प्रादेशिक अस्पताल जनकपुरधामका अध्यक्ष संजय कुमार सिंह , जनकपुरधामका मेयर लालकिशोर साह , स्वास्थ आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा.प्रमोद यादव लगाायतको सहभागीता थियो ।
मन्त्री साहले प्रयोगशालालाई व्यवस्थापन र समन्वय गर्न पुर्व निर्देशक डा.राजकुमार महतोलाई सल्लाहकारको रुपमा नियुक्त गरिएको पत्र पनि हस्तान्तरण गरेका छन् ।