बारामा आज थप २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थप २ जना प्रहरी जवानमा कोरोना सक्रमित पुष्टि भएको हो ।

निजहरुको जेठ ३ गते स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो । अहिले उनलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एंव प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताए ।

यसअघि, जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही ठेगाना भएका बर्ष ४९ का प्रहरी नायब निरीक्षक, पर्सा ठेगाना भएका बर्ष ३२ का प्रहरी जवान र बर्ष ३४ का प्रहरी हवरदार र रौतहट ठेगाना भएका बर्ष ३४ का प्रहरी जवानमा कोरोना सक्रमित पुष्टि भएको हो ।

यस्तै मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा जेठ ३ कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ३ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए । उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

यसअगि आजै बारामा बिहान २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै बारामा कोरना संक्रमितको संख्या ४२ पुगेका छ जसमध्ये २ जना संक्रमण मुक्त भएर घर फर्केका छन भने ३९ जना कलैया अस्पतालमा र १ जनालाई विरगज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेकै छ ।

यो संगै बारामा कोरना संक्रमितको संख्या ४२ र मृत्यू हुँनेको संख्या १ पुगेका छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना र महागडीमाई नगरपालिकामा २१ जनामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय