बाराको कोल्हबी नगरपालिका वडा नं.११ रामपुर्वामा आईतवार बेलुकी ७ बजे आएको भिषण हावाहुरीका कारण ३४ घरमा क्षेती पुगेकाे छ, भने पाँच वटा बिजुलीको पोल समेत ढलेको छ ।
हावाहुरीसँगै वर्षा हुँदा रामपुर्वाको सानो टोलमा दलित , गरिब र मजदुर लगायतकाे घरहरुमा क्षती पुगेको हाे ।
कसैको घरको छाना उडाएर लग्को छ , भने कसैको घर पुरै भत्किएको छ । क्षेती हुँनेमा अधिकाँस माझी र पास्वान लगायत थारुहरु रहेका छन् ।
पाँच वटा बिजुलीको पोल ढलेको हुँदा कोल्हबी नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा बिजुलीको लाईन समेत काटिएको छ ।
बिद्युत नहुँदा बिभिन्न संघ संस्थाहरु, बित्तिय कारोबार गर्न कठिनाई भैरहेको छ । भने कोल्हबी नगरपालिका स्थित सञ्चार क्षेत्रबाट सुचना, समाचार सम्प्रेशन गर्न एक दमै कठिनाई भएको रेडियो कोल्हबीका प्रवक्ता एवंम् चेरवन्त खबरका सम्पादक नन्देश्वर चौधरीले बताएका छन् ।