बारामा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्य एक जनाको गत ४ गते मुत्यु भएको छ भने बार्की २३ जना संक्रमितहरु सबै जना भारतमा मजदुरी काम गरी नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।


संक्रमित हुनेहरुमा कलैया उपमहानगरपालिका कोटवाली वडा नम्बर १ का २५ र ३२ का पुरुष र महागडीमाई नगरपालिका का १८ बर्षय ४ जना, १९ बर्षय २ जना, २० बर्षय ३ जना, २४ बर्षय २ जना २५ बर्षय ३ जना, ३६ बर्षय २ जना, र २६, ३०, ३१, ४०, ५० बर्षय १÷१ जना र मृत्यु भएका करैयामाई गाँउपालिकामा १ जना रहेका छन ।

उपचारको क्रममा ज्यान गुमाएका बृद्धको रिपोर्ट पोजेटिभ, अन्त्येष्टि पछि आयो कोरोना रिपोर्ट

बाराको करैयामाई गाउँपालिका वडा नं.७ अम्जन टोल बस्ने ७० वर्षिय बृद्धको जेठ ४ गते बिरगंजको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा निधन पछि अन्त्यष्ठि गरिएको छ ।

जेठ २ गते दिउँसो १ बजे अस्पताल भर्ना भएका चौधरी थरका ती बृद्धको जेठ ४ गते राती निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको थियो । शव पाएसँगै परिवारले परम्परा अनुसार अन्त्येष्टी गरेको हो ।

उपचारका क्रममा ती बृद्धको स्वाब संकलन गरि परिक्षणका लागि बिरगंजको नारायणी अस्पताल पठाईकोमा आज सोमवार अर्थात ८ दिन पछि रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

यता अस्पतालले स्वाबको रिपोर्ट आउँने बेला सम्म शब अस्पतालमा राख्न आवश्यक ठानेन् । न त यसको जानकारी प्रशासनलाई नैं दियो । स्वाबको रिपोर्ट आउँनु अघी नैं अस्पताल प्रसासनले परिवारलाई शव जिम्मा लगाएको थियो ।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले बताएको छ भने वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अहिले नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको छ ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।

अहिले उक्त ठाँउलाई सिल गरिएको छ भने उनको सम्पगमा आएका मानिसको खोजिकार्य भईरहेको तथा उनका परिवारलाई क्वारेन्टाइनमा राखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

यता, करैयामाई गाउँपालिका अध्यक्ष भुनेश्वर धामी भने यस खबर बारे जानकारी नभएको र मृत्यु भएका बाराका ७० वर्षीय वृद्ध कोरोनाका कारण नभई लडेर मृत्यु भएको बताउछन ।

यस्तै, मृत्यु भएका बाराका ७० वर्षीय वृद्धलाई कोरोना भएको बारेमा अफुलाई कतैबाट जानकारी नआएको र मृतकको करैयामाई गाउँपालिका वडा नं.७ अम्जन टोलमानै धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको र अन्त्येष्टिमा गाँउका करिब १५० जना मलामीहरू संलग्न रहेको करैयामाई गाउँपालिका वडा नं.७ वडा अध्यक्ष विर्च चैधरीले बताए ।

अहिले उनका आफन्तहरू, अन्त्येष्टिमा संलग्न र नेशनल मेडिकल कलेजका चिकित्सकहरू पनि अहिले संकाको घेरामा परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यू हुँनेको संख्या चार पुगेको छ ।

यो संगै बारामा कोरना संक्रमितको संख्या ४० र मृत्यू हुँनेको संख्या १ पुगेका छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ५ जना, करैयामाई गाँउपालिकामा ३ जना र महागडीमाई नगरपालिकामा २१ जनामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय