बारामा आज थप ४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय प्रहरी नायब निरीक्षक, कलैया उपमहानगरपालिका १६ घर भएका ३४ वर्षीय प्रहरी हवरदार, पर्सा घर भएका ३२ वर्षीय प्रहरी जवान र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी प्रहरी जवानमा कोरोना सक्रमित पुष्टि भएको हो ।
अहिले उनलाई कलैया अस्पताल लैजाने तयारी भइरहेकै छ ।
उनिहरुको जेठ ३ गते स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।
अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको खोजी कार्य भइरहेकै बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा जेठ ३ कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ३ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए । उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।
यो संगै बारामा कोरना संक्रमितको संख्या १६ पुगेका छ जसमध्ये २ जना संक्रमण मुक्त भएर घर फर्केका छन भने १३ जना कलैया अस्पतालमा र १ जनालाई विरगज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेकै छ ।
हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १ र कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ५ जना र करैयामाई गाँउपालिकामा २ जनामा भेटिएको छ ।
ADVERTISEMENT