सव डिभिजन वन कार्यालय तामागढीले टाँगियावस्तिको विभिन्न स्थानमा छापा मारेर आजमात्रै करिब २०० क्युवफिट काठ बरामद गरेको छ ।

अधिकांस परिवारले नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घर परिषरमा लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद भएको हो । सव डिभिजन वन कार्यालय तामागढीले बिहान ६ बजे देखि बिहान ११ बजेसम्म छापा मारेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
टोलीमा वनगस्ती, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयूक्त सहभागिता रहेको थियो । बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय तामागढीमा राखीएको छ ।

निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपाका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ ।

यसअगी गत आईतबार जिल्लाको कोल्हवी नगरपालिका ५ ककडी नयाँटोलबाट करिब ५ सय क्युवफिट भन्दाबढी साल, सिसौको गोलाई र चिरान काठ बरामद गरेको थियो ।

हालसम्म बाराको बिभिन्न स्थानमा गरेर करिब १ हजार सेप्टी काठ बरामद गरेको र बाराको निजगढ, कोल्हवी, ककडी, मधुवन तथा टाँगियावस्ति लगाएतका स्थानबाट करिब ३० लाख बराबरको काठ बरामत र २१ जनालाई प्रकाउ गरेको डिभिजन बन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।

बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन ।

वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपाका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ । वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेमा अधिकाशं स्थानिय नै रहेको बन सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय