बारामा थप १ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
करैयामाई गाँउपालिका १ की ३७ बर्षीय महिला हुन । उनि यस अगि जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएका संक्रमित पत्रकारको श्रीमती हुन ।
बाराको कलैयास्थित स्थानीय एफएममा काम गर्ने पत्रकारलाई संक्रमण पुष्टि भएपछि पत्रकारलाई कलैया अस्पतालको आईसोलसनमा राखिको छ भने उनको परिबारलाई करैयामाईमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
३७ बर्षीय महिलाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।
यस्तै, बारामा हिजो थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि हो ।
संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका रहेका छन् ।
गत जेठ ७ गते उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडाले पनि उनीहरुको रिपोर्ट कन्फर्म गर्नका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।
संक्रमित सबै जना भारतबाट मजदुरी गरी आएका व्यक्तिहरु रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
यो संगै बारामा कोरना संक्रमितको संख्या १२ पुगेका छ । हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ७, बिश्रामपुर गाँउपालिकामा १ र कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा १ जना र करैयामाई गाँउपालिकामा २ जनामा भेटिएको छ ।