खानी तथा क्रसर व्यवसायी संघ निजगढले ठुला सवारी साधनको सेनिटाइजरिङ्ग गर्न निर्माण गरेको टनेलको निजगढ नगर प्रमुख सुरेश खनालले एक कार्यक्रमबीच उदघाटन गरेका छन ।

निजगढ नगरपालिकाको सहकार्यमा व्यवसायी संघले पुर्वपश्चिम राजमार्गको बकैया पुलमा स्वचालित टनेल निर्माण गरेको हो ।

गिटीबालुवा ढुवानीमा आउने र नगरभित्र प्रवेश गर्ने अन्य ठुला सवारी साधनलाई कोरोना जोखिम मुक्त पार्न टनेल निर्माण गरिएको नेकपाका नेता एंव खानी तथा क्रसर व्यवसायी यमबहादुर खडकाले बताए ।

उनले क्रसर उद्योगभित्र पनि टिपर चालक र कामदारहरुको लागि सामाजिक दुरी कायम राखेर काम गर्ने वातावरण बनाएको जानकारी दिए ।

उदघाटन कार्यक्रममा स्थानीय व्यवसायी, सुरक्षकर्मी र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खनालले व्यवसायीले निर्माण गरेको टनेलले निजगढमा कोरोना भाइरस संक्रमण न्युनीकरण गर्न मद्दत पुग्ने बताए ।

मेयर खनालले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना विरुद्ध लडन सबैले आफनो क्षेत्रबाट योगदान गर्नु पर्ने समेत बताए ।

५ सय लिटर क्षमताका दुई ट्याङ्गी जडान गरिएको र टनेलमा प्रवेश गरेपछि सेन्सर प्रविधिबाट सवारी साधन आफै सेनेटाइजरिङ्ग हुने बताइएको छ ।

ठुला सवारी साधनको सेनिटाइजरिङ्ग गर्न निर्माण गरेको टनेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय