लामो समय देखि लकडाउनको कारण दैनिक ज्यालादारी गरि परिवार पाल्ने मजदुर अहिले निकै मर्कामा परेका छन् । लकडाउन सुरु भएको आज ५९ औं दिन भैसकेको छ ।

जारी लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या परेको भन्दै निजगढ नगरपालिका वडा नम्बर ८ खयरघारीका सुकुम्बासी परिवारका महिलाहरुले आज नगरपालिका कार्यालयमा पुगेर राहत माग गरेका छन् ।

महिलाहरुले नगर प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेसंग भेटेर तत्काल राहत उपलब्ध गराउन माग गरेका थिए ।

राहतको लागि खयरघारीबाट पैदलै हिडेर कार्यालय आइपुगेका उनीहरु सबैलाई बाटोमा नै रोकेर प्रहरीले ४ जनालाई मात्र मेयर खनाल र उपमेयर लामिछानेसंग भेट गर्न अनुमति दिएको थियो ।

बकैया खोला बगरमा गिटी चालेर गुजारा चलाउदै आएका सो वस्तिका सुकुम्बासी परिवार लकडाउनका कारण काम गर्न नपाएपछि हाल बिहान बेलुका छाक टार्ने समस्यामा परेको स्थानीय अनिता महराले बताइन् । उनले आफुहरुलाई खोलामा काम गर्न रोक लगाइएको र हालसम्म कतैबाट राहत पनि नपाइएको गुनासो सुनाइन् ।

गुुनासो सुनेपछि नगरप्रमुख खनाल र उपप्रमुख लामिछानलेले ३ दिनभित्र नगरपालिकाले सुकुम्बासी परिवारको लागि राहतको प्रवन्ध गर्ने बताए ।

दैनिक ज्यालादारी गरेर गुजारा चलाउदै आएका वस्तिका करिव २ सय घर परिवार लकडाउनका कारण हातमुख जोर्ने समस्यामा परेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय