
बाराको पचरौता नगरपालिका १ पिपरपातीका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
नेपाल फर्किने क्रममा भारतको आदापुरस्थित क्वारेन्टाइनमा बसेका उनी स्वाब परीक्षणको रिपोर्ट नआउँदै नेपाल आएका थिए । पिपरपातीस्थित नाकाबाट नेपाल प्रवेश गर्न खोजेका उनलाई नियन्त्रणमा लिइ क्वारेन्टाइनमा राखिएको थियो ।
आदापुरस्थित क्वारेन्टाइनबाट उक्त युवामा कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि उनलाई कलैयास्थित अस्पतालको आइसोलेसनमा ल्याउने तयारी गरिएको छ ।