पुष्पराज खतिवडा : रात परेपछी खोलाबाट गिट्टी बालुवा लोडगर्न हिँडेका चारवटा टिपरलाई मंगलबार साँझ प्रहरीले बडहर्वाबाट फिर्ता गरेको छ । जितपुरसिमरा उपमहानगरपालिकाले आर्थीक बर्ष २०७६।०७७ मा लगाएको बालुवाढुङ्गा ठेक्का सकार गरेको ओम् सप्लायर्स कलैयाले पसाह खोलामा पठाएका टिपर जैतापुर प्रहरीले फिर्ता गरेको हो ।

नेपाल सरकारले जारी गरेको लकडाउन र सरकारी निर्देशन विपरित खोलामा जेसिवीनै राखी रातीको समयमा बालुवा ढुङ्गा लोड गर्न लागेको पाएपछी प्रहरीले रोक्ने काम गरेको हो । सरकारी निर्देशन विपरित खोला प्रवेश गर्न लागेका टिपर फिर्ता गरेको जैतापुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक भरत सिलवालले बताए ।

२०७६ जेष्ठ ६ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनालाई आधारमानी खोलामा गाडी पठाएको ठेकेदार पक्षले बताएको छ । तर प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले सुचनामा जेसिवी सहित टिपर लिएर खोलामा जान सुचनाले नभनेको बताएका छन् ।

ओम् सप्लायर्स कलैयाका संचालक ओम शंकर प्रसादले बालुवा, ढुङ्गा, गिट्टी लगायतका निर्माण सामाग्री खेतमा नपाईने भन्दै वहाँहरुकै आदेशमा समय मिलाएर खोलामा गाडी पठाएको जिकीर गरे ।

जिल्ला प्रसाशन कार्यालय बाराले मंगलबार जारी गरेको सुचनाको बुँदा नं. ५ मा सिमेन्ट, डण्डी जस्तापाता, कोईला विटुमिन तेल, क्लिङकर, क्वारेन्टाईन निर्माणका अत्यावश्क सामाग्री बेलुकी ७ बजेदेखी विहान ५ बजे सम्म ढुवानी गर्न सकिने जनाएको छ । त्यस्तै बालुवा, ढुङ्गा, गिट्टी र ईटा लगायतका निर्माण सामाग्री समेत सोही समयमा ढुवानी गर्न सकिने भनी सुचनामा उल्लेख गरेको छ ।

उल्लेखित सुचनामा बालुवा, ढुङ्गा, गिट्टी र ईटा लगायतका निर्माण सामाग्री कहाँबाट ढुवानी गर्ने भन्ने प्रस्ट नभएपनि स्टक रहेको ठाउँबाट मात्रै लोड गरी ढुवानी गर्न सकिने प्रमुख जिल्ला अधिकारी पंडितले बताए ।

सिडियो र एसपिसँग कुरा मिलेको भन्दै खोलामा गाडी लिएर जाउँ भनेर साहुले पठाएकाले आफुहरु खोलामा बालुवा लोड गर्न हिँडेको चालकहरुले बताएका छन् । साहु खोलामा जाभन्छन् । प्रहरीले खोलामा गए डण्डा हान्ने कुरा गरिरहेका छन् । साहु र प्रशासनले आफुहरुलाई चेपुवामा पार्ने काम गरेको टिपरका चालक छोटेलाल साहले बताए ।

गृह मन्त्रालयको सुचनालाई आधार मानि जिल्ला शुरक्षा समितिको निर्णय अनुसार आदेश गरेको हो । कसैसँग कुरा मिलाए खोलामा टिपर लैजान नभनेको बाराका प्रहरी प्रमुख उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय