जेठ १ गते काठमाडौंमा कोरोना भाईरस संक्रमण पुष्टि भएका दोलखा घर भई हाल काठमाण्डौंको चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका बालक बसेर गएको निजगढ नगरपालिका वडा नम्बर १२ रामथली स्थीत घरका आफन्तहरुको सोमबार पिसिआर विधि मार्फत कोरोना भाईरस परिक्षणका लागि स्वाब संकलन गरिएको परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सोमबार संक्रमित बालक बसेको घरका र सम्पर्कमा आएका ७ जना तथा निजगढ नगरपालिका मेयर सुरेश खनाल सहित ३१ जनाको स्वाब संकलन गरिएको थियो ।

निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालको सहित नगरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीहरुको पिसिआर विधि मार्फत कोरोना भाईरस परिक्षणकोलागी स्वाब संकलन गरिएको थियो भने अहिले परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि सक्रिय रहेका उनीहरुको स्वाब संकलन गरि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरमा पठाईएको थियो ।

यसअघि संक्रमित बालकलाई लिएर गएको एम्बुलेन्स चालकको पिसिआर रिपोर्ट र बालक बसेर गएको गाउका स्थानियहरुको आरडीटि रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय