जिल्लामा संक्रमितको संख्या बढ्न थालेसँगै जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाभरि १५ दिनको लागि निषेधाज्ञा थप गरेको छ । 

सोमबार बसेको सुरक्षा समितिको बैठकले जेठ ६ मंगलबार १ बजेदेखि जेठ २० गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

अति आवश्यक खाद्यन्न, औषधि, निर्माण तथा खाद्यन्नमा प्रयोग गरिने कच्चा पदार्थको ढुवानीबाहेक बाइकदेखि ठूला गाडी चल्नमासमेत रोक लगाइएको निर्णय गरिएको उनले बताए ।

बारा प्रशासनले बैशाख ३० गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको समय सोमबारसम्म थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय