छिमेकी जिल्ला पर्साका दुई संचारकर्मिमा समेत कोरोना संक्रमण भएको पाईएपछी बाराका संचारकर्मीको जेठ ३ गते पिसिआर परिक्षण गरिएको थियो ।
पिसिआर परिक्षण लागि पहिलो चरणमा, पहिलोपंक्तीमा रहेर कामगर्ने ४८ जना संचारकर्मीको थ्रोट स्वाब संकलन गरिएको थियो, सोही परिक्षणमा थप एक जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनी बाराको करैयामाईका ३८ बर्षिय पुरुष हुन । बाराको कलैयास्थित स्थानीय एफएममा कामगर्ने पत्रकार हुन । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।
कोरोना महामारीका समयमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छिमेकेी जिल्लाका पत्रकारुहरुमा संक्रमण देखिएपछी पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायको पहलमा संचारकर्मीहरुको परिक्षण गरिएको थियो ।
संक्रमित पत्रकार यस अगि जेठ ३ गते कोरोना संक्रमण भेटिएका बाराको जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत प्रहरी जवान संग पटक पटक सम्पर्कमा रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराको मुद्धा फाटमा कार्यरत रौतहट जिल्ला फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ सितपुर निवासी २९ बर्षिय प्रहरी जवानमा जेठ ३ गते कोरना संक्रमण भेटिएको थियो ।
यता, पत्रकारलाई कलैया अस्पतालको आईसोलसनमा राखिको छ भने उनको परिबारलाई करैयामाईमा रहेको क्वारेन्टाइनमा राखिएको छ । यस्तै उनिसंग सम्पर्कमा आएकाहरुको कन्टैक्ट टेस्टिङ्ग गर्ने काम पनि भईरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन ।
यो संगै बारामा कोरना संक्रमितको संख्या ५ पुगेका छ । जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा १, बिश्रामपुर गाँउपालिकामा १ र कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कायृालयमा १ जना र आज करैयामाई गाँउपालिकामा १ जनामा भेटिएको हो ।