
डिभिजन वन कार्यालय बाराले छापामारी गरी ठुलो परिमाणमा काठ बरामद गरेको छ ।
आईतबार जिल्लाको कोल्हवी नगरपालिका ५ ककडी नयाँटोलबाट करिब ५ हजार क्युवफिट अर्थात १२० थान भन्दाबढी साल, सिसौको गोलाई र चिरान काठ बरामद गरेको हो ।
उक्त टोलका अधिकांस परिवारले नजिकैको जंगलबाट काठ चोरी तस्करी गरी घर परिषरमा लुकाई छिपाई राखेको अवस्थामा काठ बरामद भएको थियोे । डिभिजन वन कार्यालय बाराका अधिकृत अब्दुल करिमको नेतृत्वमा रहेको टोली बिहान ६ बजे देखि अपरान्ह ५ बजेसम्म छापामारीमा खटेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
टोलीमा वनगस्ती, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सहजनाथ साझेदारी वन ब्यवस्थापन समितिका प्रतिनीधि समेतको संयूक्त सहभागिता रहेको थियो । बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय मधुवन अन्तरगतको ईलाका वन कार्यालय ककडीमा घाटगद्धी गरि राखीएको छ ।
छापामारीका क्रममा काठ तस्करीमा संलग्न परिवारका सदस्यहरुसंग केहीबेर झडप हुने अवस्था श्रृजना समेत भएको थियो । तुरुन्त नियन्त्रणमा लिँदा पनि कतिजना र कसलाई लिने भन्ने कुरामा अन्योल भएको कार्यालयले जनाएको छ । वास्तविक परिमाणको आधारमा काठ बरामत भएका घरहरुको छानवीन र अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने डिभिजन बन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताए ।
बारामा ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र रहेको छ । जसमा ४१ सामुदायिक वन, ४ साझेदारी वन, पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन ।
वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपाका वन क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी तस्करी हुने गरेको छ ।
वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेमा अधिकाशं स्थानिय नै रहेको बन सरोकारवालाहरुको भनाई छ ।