लकडाउनको समयमा नियम विपरित भित्र्याइएको १६ क्विन्टल बोइलर कुखुरा निजगढ नगरपालिकाले १० हजार जरिवाना तिराएर आज साझ सिराहातर्फ फिर्ता पठाएको छ ।

ना ३ च २५६६ नम्बरको जिपमा सिराहा गोलबजारका बालकृष्ण साहले मिचौयाबाट हिजो राति ल्याएर निजगढमा बिक्री गरेको सो कुखुरा जरिवाना तिराएर नगरपालिकाले फिर्ता गर्न लगाएको हो ।

निजगढ नगरपालिक कोरोना भाइरस नियन्त्रण, न्युनीकरण, समन्वय तथा अनुगमन समितिले निजगढ बाहिर कोरोना संक्रमित क्षेत्रबाट तरकारी, खाद्यान्न र कुखुरासमेत आयात गर्न नपाइने निर्णय गरे बमोजिम जरिवाना तिराएर कुखुरा फीर्ता गरिएको नगरपालिकाका प्रबक्ता नवीन खनालले निजगढ न्युजलाई बताए।

निजगढ नगरपालिका ९ तेस्रो लाइनका स्थानीय युवाहरुले गंजभवानीपुरमा कुखुरा बेचोर फर्किदै गरेको स १ प १६८४ नम्बरको अर्को जिप आज बिहान नियन्त्रणमा लिइएको सागर तामाङले बताए ।

नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि निजगढमा अनलोड भएको कुखुराको बारेमा थप कुरा खुलेको हो ।

चेकजाचको क्रममा इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढस्थित शहिद चोकबाट सो जिपलाई राति १० बजे सिराहातर्फ फिर्ता गरेकोमा व्यापारी साहले भमरा खोला पुल नजिक बोलाएर सिगौल र पुर्वटोलका २ व्यापारीलाई कुखुरा बिक्री गरेका थिए ।

इलाका प्रहरी कार्यालय निजगढमा नगरपलिका वडा नम्बर ९ का वडा अध्यक्ष सुदर्शन बडाल, उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाललगायतको उपस्थितिमा जरिवानासहित बिक्री भएको कुखुरा निजगढबाट सिराहातर्फ फिर्ता गरिएको हो ।

यसअघि निजगढ ९ बजारस्थित महाकाली सब्जी भण्डारमा रौतहटको गौरबाट खरिद खरिद गरी ल्याइएको एक ट्रक प्याज पनि मालिक भगिरथ साहलाई १० हजार जरिवाना तिराएर फिर्ता गरिनुका साथै गोदाममा समेत सिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय