
डिभिजन वन कार्यालय बाराले वन मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका १८ निवासी ४५ बर्षका भैरव भनिने स्थानिय जंग बहादुर कलवार पक्राउ परेका हुन् । वन अधिकृत शैलेन्द्र मिश्रको टोलीले घरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका कलवारले जमिनमुनी लुकाईछिपाई राखेको अवस्थामा गत पौष १२ गते २१.७९ क्युबफिट सालका ४ थान गोलाई काठ वन कार्यालयले फेला परेको थियो । वनक्षेत्र अतिक्रमण गरी भोगचलन गर्दै आएको जमिनमा आलु खेती गरेका स्थानको तल काठ लुकाएको अवस्थामा बरामद गरिएको थियो ।
उक्त समय देखी परार रहेका कलवारलाई हिजो राती पक्राउ गरि कार्वाही अघि बढाईएको वन अधिकृत मिश्रले जानकारी दिए ।