बारा जिल्ला प्रहरी कार्यलय कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोन पोजेटिभ भेटिएको छ ।

जिल्ला प्रहरी कार्यलयको मुद्धा फाटमा कार्यरत प्रहरीलाई कोरोना चेकजाँच गरेको रिपोर्ट शनिवार आएको रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी गराएका छन ।

उनलाई ज्वारो आएकोले विरगंजमा गएर कोरोनाको चेकजाँच गराएका थिए । अहिले जिल्ला प्रहरी कार्यलयलाई सेनिटाईज गर्ने काम भईरहेको छ ।

उनको कनटैक्टमा आएकाहरुको कन्टैक्ट टेस्टिङ्ग गर्ने काम भईरहेको उनले बताए ।

हाल कोरोना पोजेटिभ भेटिएका प्रहरीलाई आईसोलसनमा राखिएको समेत जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय