छिमेकी जिल्ला पर्साका दुई संचारकर्मिमा समेत कोरोना संक्रमण भएको पाईएपछी बाराका संचारकर्मीको पनि पिसिआर परिक्षण सुरु गरिएको छ ।

पिसिआर परिक्षण लागि पहिलो चरणमा, पहिलोपंक्तीमा रहेर कामगर्ने ४८ जना संचारकर्मीको थ्रोट स्वाब संकलन गरिएको हो ।

कोरोना महामारीका समयमा अग्रपंक्तिमा रहेर काम गरिरहेका छिमेकेी जिल्लाका पत्रकारुहरुमा संक्रमण देखिएपछी बाराका पत्रकारहरु स्वतस्फुर्त रुपमा स्वाब परिक्षण गराउन जिल्ला अस्पताल कलैया पुगेका हुन ।

संकलित स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईने बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए ।

प्रमुख जिल्ला अधिकारी पंडितको सहजिकरणमा नारायणी अस्पताल वीरगञ्जबाट प्राविधिक मगाएर स्वाब संकलन गरिएको पत्रकार महासंघ बाराका अध्यक्ष कमल कुमार उपाध्यायले बताए । बाकी रहेका अन्य संचारकर्मीहरुको क्रमश परिक्षण गराउदै जाने उपाध्यायले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय