लायन्स क्लब अफ निजगढ पीसकोले नयाँ कार्यसमिति गठन गरेको छ ।
आज बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । बैठकबाट प्रेसिडेन्टमा पवन श्रेष्ठ सर्बसहमतले चयन गरेको हो ।
यस्तै पहिलो भिपीमा रन्जन लामिछाने चयन भएका छन भने दोस्रो भिपीमा समिता चौलागाई दंगाल, सचिबमा दिलिप कुमार यादब र कोषाध्यक्षमा अनिल तिमल्सिना रहेका छन भने बाकी अन्य पहिलाकै समितिलाई निरन्तरता दिएको अध्यक्ष खड्गप्रसाद उप्रेतीले निजगढ न्युजलाई जानकारी दिए ।
बैठकमा पुर्ब प्रेसिडेन्ट बिकास लामा, महेश न्यौपाने लगायत पुर्ब प्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियोे ।
आज चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरुहुने बताइएको छ ।