
बिहिबार ७ वर्षीय बालकलाई कोरोना भाईरस पुस्टि भएको छ । कोरोना पुस्टिभएका बालक बैशाक ६ गते बाराको निजगढ नगरपालिका वडा नं. १२ रामथलिबाट निजगढ नगरपालिकाको एम्बुलेन्समा काठमाडौं गएका थिए ।
दोलखा घर भई हाल चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय बालक बसेबास गर्ने ७ बर्षीय बालक परीक्षा सकेर विद्यालय बन्द भएपछि निजगढ नगरपालिका वडा नं. १२ मा रामलाल थिङ्गको (मामाघर) घरमा आमा सहित चैत ९ गते आएका थिए ।
तराईका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण सुरु भएपछि उनीहरु काठमाडौं जाने प्रयासमा रहेको बेलामा उनका एक आफन्त बर्ष २२ की रिमा चौधरी बिरामी भएपछि उक्त एम्बुलेन्समा बैशाक ६ गते उनीहरु पनि काठमाडौं फर्किए ।
एम्बुलेन्समा गएका बिरामीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको १२ नं. का वडा अध्यक्ष ज्ञान बहादुर गोलेले बताए ।

अहिले उक्त बालक रहेको पुरै टोललाई सिल गरिएको र उक्त बालक संग सम्पर्कमा आएको बेक्तिको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरिक्षक विकास थपलियाले बताए ।
उनिहरुसंग अरु ६‚७ जना मानिसहरू पनि एम्बुलेन्समा गाएको स्थानिएले जानकारी दिए ।
बारामा हाल सम्ममा ३ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ आफ्नै गाँउमा बसेर गएका ७ बर्षीय बालकलाई हिजो मात्र संक्रमण पुष्टि भएपछि पछि स्थानीय त्रसित भएका छन।