
ईलाका प्रहरी कार्यालय निजगढले १३ किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका १२ रामाथलीबाट पश्चिम पिलुवातर्फ जाँदै गरेको बा ३३ प ७८७७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ रामथलीकै २६ वर्षीय सागर लामा र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय कृष्ण लामा छन् ।
बोरामा राखेर लैजाँदै गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए ।
दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक थपलियाले बताए ।