निजगढ,      प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ३ स्थित गुम्बा मेलामा व्यवसायीहरुलाई धम्काएर नगद र सामान लुटपाट गर्ने २ जना युवकलाई पक्राउ गरेको छ ।

मेलामा होटेल संचालन गर्दै आएका निजगढ ९ देउराली पथका नारायण नेपाल क्षेत्री र मकवानपुरको बकैया गाँउपालिका सरस्वति डाँडास्ति सरस्वति सरस्वति रिसोर्टको पसलबाट नगद र सामान लुटपाट गरेको आरोपमा निजगढ ३ सिंगौलका २३ वर्षिय गणेश लामा र वर्ष २० का अभिषेक जिम्मालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

आज बिहान ५ बजे उनीहरुले क्षेत्रीलाई धम्काउँदै उहाँको होटेलबाट ९ हजार ५ सय रुपैया बराबरका खानेकुरा तथा पेय पदार्थ र सरस्वति रिसोर्टको होटेलबाट ६ हजार नगदसहित सामान लुटेर लगेका थिए ।

होटल संचालकहरुलाई धम्काएर नगद र सामान लुटपाट गरेको आरोपमा अस्थायी प्रहरी पोष्ट सिंगौलको प्रहरी टोलीले आज दिउसो उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय