निजगढ,          निजगढ नगरपालिका– १२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमानको कुटपिटबाट घाइते आज श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४७ वर्षीया सुकुमाया मोक्तान रहेकी छिन् ।

घरायसी विवादका क्रममा ५५ वर्षीय विजय मोक्तानले बुधवार राति आफ्नै श्रीमती सुकुमायालाई लहराको टुक्राले प्रहार गरेका थिए । कुटपिटबाट घाइते भएकी सुकुमायालाई घरमै स्थानीय मेडिकलका स्वास्थ्यकर्मी बोलाएर जाँच गराइएको थियो । उपचारपछि राति ८ बजे खाना खाएर सुतेकी उनलाई बिहिवार बिहान ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा मृत अवस्थामा भेटिएकी हुन् ।

श्रीमतीको मृत्यु भएपछि विजय आफैंले बिहान अस्थायी प्रहरी पोष्ट रतनपुरमा घटनाबारे जानकारी गराएका थिए । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक दाताराम अधिकारीसहितको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले शव शल्य परिक्षण (पोस्टमार्टम) को लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ भने कुटपिटमा संलग्न विजयलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय