निजगढ,    निजगढ ९ स्थित आर्यघाट परिसरमा आज छुट्टाछुट्टै कार्यक्रमबीच सरसफाइ र सेन्सर लाइट जडान गरिएको छ ।

निजगढको सामाजिक कार्यमा सक्रिय युथ अफ निजगढ आर्यघाट परिसरको सरसफाइ गरेको हो भने निजगढकै जी टेन समूहले सो क्षेत्रमा सेन्सर लाइट जडान गरेको हो ।

सरसफाइ कार्यक्रममा क्लबले स्थानीय क्रसर व्यवसायहरुले सहयोगमा उपलब्ध गराएको एउटा लोडरको समेत प्रयोग गरेर आर्यघाट परिसरमा फैलिएको झाडी र घाँस हटाउनुको साथै ठोस फोहोरमैलाको पनि व्यवस्थापन गरेको थियो ।

सरसफाइ कार्यमा क्लबका अध्यक्ष सन्तोष पौडेल, उपाध्यक्ष लक्ष्मी पाण्डे, सचिव गोकुल न्यौपाने, महासचिव अशोक श्रेष्ठ, सहसचिव रमेश अधिकारी, क्लबका पूर्वअध्यक्ष खड्गराज मैनाली, राजन श्रेष्ठ सल्लाहकार मनिश्वर घिमिरे, सदस्यहरु अनिस पोखेल, श्रीराम पौडेल, सुदर्शन दङ्गाल, बिपासा बजगाई र जनमत पार्टीका स्थानीय कार्यकर्ता मोजहर मन्सुर तथा सशस्त्र बेस क्याम्प निजगढका सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

त्यसैगरी निजगढका समाजसेवी तथा व्यवसायीहरुको समूह जी– १० ले पनि आजै आर्यघाटमा २ वटा भ्यापर सेन्सर लाईट जडान गरेको छ । रातिको समयमा शव अन्त्यष्टि गर्दा सर्वसाधारणले समस्या बेहोर्नुपरेपछि सो समूहले आर्यघाट क्षेत्रमा वाटर प्रुफ सेन्सर बत्ती जडान गरेको हो ।

आर्यघाट क्षेत्रका विभिन्न स्थानमा करिव १५ हजार रुपैयाको लागतमा थप बत्ती जडान गर्ने कार्यक्रम रहेको समूहका अध्यक्ष मनोज रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय