निजगढ,
निजगढ ५ स्थित श्रीजनजागृती सुन्दर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा भिमप्रसाद तिमल्सिना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको लागि लामो समयदेखि हुदैआएको प्रयासपछि अध्यक्षमा तिमल्सिनासहित कार्यसमितिका सबै पदाधिकारीहरु सर्वसम्म चुनिएका हुन ।
निर्वाचन समितिका सदस्य एंव सामुदायिक वन उपभोक्ता महासंघ निजगढका संयोजक कुशबहादुर थापाले दिएको जानकारी अनुसार समितिको उपाध्यक्षमा शेषप्रसाद गौतम, सचिवमा इन्दीरा पौडेल, कोषाध्यक्षमा संगिता थापा मगर र सहसचिव संतोष अर्याल चुनिनुभएको छ ।

त्यसैगरी कार्यसमितिको सदस्यमा कमली विश्वकर्मा, गोमा थापामगर, मिना चौलागाई, रिता पोखरेल र दुर्गा चौलागाई पनि सर्वसम्मत चयन हुनुभएको हो ।

त्यस्तै समूहको ३ सदस्यीय लेखा समिति संयोजकमा रेवतीबहादुर राउत, सदस्यमा लिलानाथ न्यौपाने र रुद्रबहादुर पुलामी चुनिनु भएको छ । वन समूहको गत बैशाख १२ गते भएको १५औं साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गर्न नसकेपछि वन समूहका उपभोक्ता र सरोकारवालाहरुको प्रयासमा नयाँ कार्यसमिति पदाधिकारी र सदस्यमा सहमति बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय