निजगढ,

जथाभावी दाउरा संकलन गर्ने क्रम बढेपछि निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रबाट दाउरा संकलनमा कडाइ गरेको छ ।

वन समूहले हिजो एउटा सूचना निकालेर यसअघि उपभोक्ताले गर्दै आएको दाउरा संकलनको समय तालिका र अन्य व्यवस्थामा पनि परिवर्तन गरिएको जनाएको छ । समूहका अध्यक्ष खडगबहादुर मोक्तानको हस्ताक्षरमा जारी गरिएको सूचना अनुसार आगामी फागुन १ गतेदेखि वन समूहका सदस्य उपभोक्ताले हप्ताको १ दिन शनिवार मात्र दाउरा संकलन गर्न पाउने र वन उपभोक्ता सदस्य परिचय पत्र नभएकाहरुलाई वन प्रवेशमा रोक लगाइएको छ ।

त्यसैगरी सूचनामा वन क्षेत्रभित्र प्रवेश गर्ने उपभोक्ताको साथमा अनिवार्य रुपमा समूहको सदस्य कार्ड हुनुपर्ने र उपभोक्ता सदस्य बाहेक अन्यलाई वन प्रवेशमा निषेध गरिएको पनि जनाइएको छ । सूचनाको बेवास्ता गरि तोकिएको बार र व्यक्तिभन्दा बाहेकको अन्य दिनमा वन क्षेत्रमा प्रवेश गरेको पाइए सामुदायिक वन ऐन अनुसार कारबाही गरिने पनि सूचनामा जनाएको छ ।

वन समुहको माघ २६ गते बसेको बैठकको निर्णय अनुसार समूहका उपभोक्ता सदस्यहरुलाई घरायसी प्रयोजनको लागि सालबाहेक अन्य जातका झिजामिजा र दाउरा दैनिक रुपमा संकलन गर्न दिइदै आइएकोमा फागुन महिनाबाट हप्ताको एक दिनमात्रै दाउरा संकलन गर्न पाइने व्यवस्था गरेको हो ।

त्यसैगरी सूचनामा वन क्षेत्रभित्र प्रवेश गर्ने उपभोक्ताको साथमा अनिवार्य रुपमा समूहको सदस्य कार्ड हुनुपर्ने र उपभोक्ता सदस्य बाहेक अन्यलाई वन प्रवेशमा निषेध गरिएको पनि जनाइएको छ । सूचनाको बेवास्ता गरि तोकिएको बार र व्यक्तिभन्दा बाहेकको अन्य दिनमा वन क्षेत्रमा प्रवेश गरेको पाइए सामुदायिक वन ऐन अनुसार कारबाही गरिने पनि सूचनामा जनाएको छ ।

दाउरा संकलन गर्ने नाममा गैह् उपभोक्ताहरुले समेत अनाधिकृत रुपमा वन क्षेत्रमा प्रवेश गरी दाउरा संकलन गरेको पाइएपछि दीगो वन व्यवस्थापनको लागि नयाँ व्यवस्था मिलाइएको समूहका उपाध्यक्ष रामकुमार सिंजालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय