निजगढ,
लायन्स क्लब अफ निजगढ युथले आज निजगढ नगरपालिका वडा नम्बर ४ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सामग्री सहयोग गरेको छ ।
क्लबले विद्यालयका ५० जना छात्राछात्रालाई एक एक थान विद्यालय झोला (ब्याग) वितरण गरेको हो । क्लबका अध्यक्ष राजकुमार श्रेष्ठलगायत पदाधिकारीहरुले विद्यालयमै पुगेर सो झोला वितरण गरेका हुन ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, विद्यालयका प्रधानाध्यपक बासु गौतम, शिक्षक–शिक्षिका र अभिभावकहरूको उपस्थिति रहेको थियो ।
लायन्स क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । आगामी दिनमा पनि सहयोगका यस्ता कार्यक्रमहरु संचालन गरिने उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै क्लबका प्रतिनिधिहरूले शिक्षा नै समाज विकासको प्रमुख आधार भएकाले विपन्न विद्यार्थीलाई सहयोग गरिएको बताएका छन ।
विद्यालयका प्रधानाध्यापक बासु गौतमले क्लबको सहयोगबाट विद्यार्थीहरूलाई पढाइप्रति थप उत्साह मिल्ने विश्वास व्यक्त गर्नुभयो ।



