निजगढ,
नेपालको पहिलो शहीद लखन थापाको स्मृतिमा आज निजगढमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

नेपाल मगर संघले १४९औं शहीद दिवसको अवसरमा निजगढ नगरपालिका वडा नम्बर ७ स्थित लखन चोकमा सभा आयोजना गरेको हो ।

कार्यक्रमको नेपाल मगर संघ मधेस प्रदेश उपाध्यक्ष संगीता थापा मगरले पानसमा दीप प्रज्वलन गरेर उद्धाटन गर्नुभएको थियो ।

स्थानीय समाजसेवी खड्गबहादुर आले मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका केन्द्रीय सदस्य राजन पुलामी मगर, संघको बारा जिल्ला अध्यक्ष राजकुमार थापा मगर, बारा जिल्ला पूर्व अध्यक्ष नेत्रबहादुर पुलामी, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा सदस्य दिलबहादुर पुलामी, गौरीशंकर क्याम्पस निजगढकी स्ववियु उपसभापती पूजा पुलामीलगायत स्थानीय संचारकर्मी र समाजसेवीहरुको सहभागिता थियो ।

कार्यक्रममा सहभागीहरुले शहीद लखन थापाले जहानीया राणा शासन विरुद्ध विद्रोह गरेर देशमा प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा विगुल फुकेको बताएका थिए । कार्यक्रममा शहीद थापाको शालिकमा माल्यार्पण समेत गरिएको थियो ।

मगर संघले हरेक वर्ष फागुन २ गते निजगढमा लखन थापाको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गर्दैआएको छ ।

संघले निजगढ ७ योजना टोलमा शहीद थापाको पूर्ण कदको शालिक निर्माण गरेर निजगढको पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ निजगढ नगरपालिका कार्यालय जाने सडक हुदै भ्याकुरटोल र योजना टोलसम्म पुग्ने सडकलाई ‘लखन मार्ग’ नामाकरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय