निजगढ । बाराको निजगढमा चैत १२ गते शनिबारबाट संचालनमा आएको निजगढ मेयर गोल्डकप पुनः बिबादमा मुछिएको छ । उद्घाटन कार्यक्रममा आयोजकलाईनै छाँयामा राखि कार्यक्रम आयोजना गरेपछि बिबाद सुरु भएको हो ।
हिजो भएको उद्घाटन समारोहमा आयोजकको अध्यक्षको अधक्षेतामा हुनुपर्नेमा स्थानिए एक कांग्रेसकाको अधक्षेतामा कार्यक्रम संचालन गरि पछि बिबिद सुरु भएको हो ।
निजगढ युवा क्लबको आयोजनामा भएको निजगढ मेयर गोल्डकप फटबलमा आयोजक क्लबको अध्यक्ष राजकिशेर धामीको अधक्षेतामा कार्यक्रम संचालन गर्नुपर्ने हो तर उनहरुले पार्टीको कार्यक्रम जसरी संचालन गरे यो गलत हो कांग्रसका एक नेताले भने ।
यस्तै आयोजक क्लबका अध्यक्ष धार्मीले भने कार्यक्रम संचालनको जिम्मा अरुलेनै गरेकाले यस्ते हुन गएको बताए । उनले किन र कसरी अरुको अधक्षेतामा कार्यक्रम भयो भने बारेमा आफुसंग कुनै सरसल्लाह नभएको बताए ।



