उदयपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए ।

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ ।

हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय