निजगढ,     मोतियाबिन्दु शुन्य पालिका बनाउने उद्देश्यले निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले निजगढ नगरपालिकामा सुरु गरेको मोतियाबिन्दुका कारण हुने अन्धोपन पहिचान र उपचार कार्यक्रमअन्तर्गत बिहीवारसम्म २१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले दिएको जानकारी अनुसार बैशाख दोस्रो साताबाट सुरु भएको कार्यक्रम अन्तर्गत निजगढका ११ स्थानमा शिविर संचालन गरेर ८ सय २४ जनाको आँखा परीक्षण गरिएको छ । शिविरमा ८४ जनामा मोतिविन्दु भेटिएको छ । उनीहरुमध्ये हालसम्म २१ जनाको निःशुल्क शल्यक्रिया पनि पूरा भएको तथा बाँकी बिरामीहरुको पनि अस्पतालमा ल्याएर शल्यक्रिया गरिने पनि उहाँले जानकारी दिनुभयो ।

मोतियाविन्दुका कारण हुने अन्धोपन पहिचान तथा उपचार गरेर शुन्य मोतियाबिन्दु पालिका बनाउन निजगढ नगरपालिका र तिलगंगा आँखा अस्पतालबीच गत माघ २० गते भएको संझौताअनुसार अस्पतालले नगरपालिकाका प्रतेक वडामा पुगेर सर्वसाधारणको आँखा परीक्षण गर्दैआएको छ ।

अभियानको निजगढ नगरापलिका प्रमुख सुरथ पुरीले गत बैशाख ११ गते निजगढ ११ रतनपुरबाट प्रारम्भ गर्नुभएको थियो । अभियान अन्तर्गत आगामी बैशाख २७ गतेसम्म आँखा परीक्षण शिविर जारी रहने छ ।

शिविरमा मोतिविन्दु, जलविन्दु, दृष्टिदोष, आँखाका एलर्जीलगायतका बिरामीहरुले जाँच गराएको आँखा अस्पताल प्रमुख डा. विष्णुहरी मरहट्टाले जानकारी दिनुभयो । शिविरमा आएकामध्ये मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरुको आँखामा थप परीक्षण गर्न अस्पतालमा बोलाइएको पनि डा.मरहट्टाले बताउनुभयो ।

संझौतामा मोतियाबिन्दु पहिचान गर्न नगरपालिकाले तिलगंगा अस्पताललाई वार्षिक २ लाख ८० हजार रकम सहयोग गर्ने र अस्पतालले नगरका सबै नागरिकहरुको आँखा परीक्षण गरेर मोतियाविन्दुको पहिचान भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय