निजगढ,
नेकपा एमाले निजगढ नगर कमिटीले सुदर्शनप्रसाद कोइरालाको संयोजकत्वमा १५०१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ ।

निजगढमा आज भएको वृहत कार्यकर्ता भेलाबाट कोइरालाको संयोजकत्वमा चुनाव प्रचार समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा निजगढ नगर कमिटी अध्यक्ष तिलक घलान र सचिवमा थानेश्वर सापकोटा चयन हुनुभएको छ ।

निजगढ उद्योग बाणिज्य संघको सभा हलमा भएको सो भेलामा आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदमा प्रतक्ष्यतर्फका उम्मेदवार अच्युत मैनाली, समानुपातिक उम्मेदवार अञ्जु नेपाली, नेकपा एमालेका नेता पुरुषोत्तम पौडेल, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, एमाले मधेस प्रदेश कमिटीका सदस्य ताराचन्द्र साह, नगर सहसचिव पुरुषोत्तम भट्टराईलगायतले चुनाव प्रचार तयारी बारेमा बोल्नुभएको थियो ।

नगर अध्यक्ष घलानको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका विभिन्न वडाबाट १ हजारभन्दा बढी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नगर कमिटी सचिव थानेश्वर सापकोटाले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय