निजगढ, निजगढ ७ को नेत्रोदय माध्यमिक विद्यालय योजनाटोलका जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कृत गर्ने उद्देश्यले स्थानीय बासिन्दा एवंम निजगढ बागदेवस्थित सार्वजनिक माविका प्रधानाध्यापक हस्तबहादुर लामाको पहलमा लामा परिवारका सदस्यहरुको तर्फबाट १ लाख ५१ हजार १११ रुपैयाको अक्षयकोषको घोषणा गरिएको छ । लामा परिवारकोले अक्षयकोषको रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक रामचन्द्र मण्डललाई हस्तान्तरण गरेको छ ।

विद्यालयमा आज भएको अभिभावक दिवस कार्यक्रममा प्रअ लामासहित दाजु भक्तबहादुर लामा, जगतमान लामा, भाइ लिलाबहादुर लामा, रमेश लामा र बहिनी हरिमाया लामाले सो धनराशीको स्वर्गीय आमा र बुबाको स्मृतिमा ‘स्वर्गीय मैयादेवी र लालबहादुर वल स्मृति’ अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

अध्यक्षकोषबाट प्राप्त हुने ब्याज रकमबाट एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यालयका ३ जना विद्यार्थीहरुलाई हरेक वर्ष पुरस्कृत गरिने जनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन डिसीको अध्यक्षतामा भएको १३औं बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले उद्धाटन गर्नुभएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा सदस्य दिलबहादुर पुलामी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नेत्रबहादुर पुलामी, गौरीशंकर मावि निजगढ ८ का प्रधानाध्यापक बद्रिनारायण झा, गौरीशंकर मावि निजगढ सडकटोलका प्रअ श्रीहरी न्यौपाने, सार्वजनिक मावि बागदेवका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, निजगढ ७ स्थित जनहित सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष चन्द्रिका पुलामीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र मण्डलले विद्यालयको भौतिक र शैक्षिक प्रगतिको प्रतिवेदन र लेखापाल विश्वराज सिग्देलले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
व्यवस्थापन समतिका सदस्य अर्जुन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको संचालन विद्यालयका शिक्षक पूर्ण घलानले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय