निजगढ, युवा तथा खेलकुद पूर्वमन्त्री एंव नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले जेनजीको क्रममा भएका अपराधिक घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले निजगढ नगर कमिटीले मंगलवार निजगढमा गरेको जनसभामा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो । ‘भाद्र २४ गते सोच्नै नसकिने खालकोे अपराध भएको छ, उहाँले भन्नुभयो, ‘जजसले गल्ति गरेका छन उनीहरुलाई कानुनी कठघरमा ल्याइनुपर्छ ।’
नेता पौडेलले एमाले पार्टी जनतामा आधारित पार्टी भएको बताउदै कसैले चाहेर पनि एमालेलाई कमजोर बनाउन नसक्ने रे ‘फ’ु गरेर कसैले एमाले पार्टी समाप्त पार्ने सोचेको भए त्यस्तो सपना नदेख्न पनि चेतावनी दिनुभयो ।
उहाँले पार्टीका नेता र कार्यकर्ताहरुमा पछिल्ला समयमा देखिएका कमजोरी सच्याएर अघि बढ्न जरुरी भएर्को पनि बताउनुभएको छ । ‘कही कतै समस्या देखिएका छन भने सच्याउन तयार हुनुपर्छ, उहाँले भन्नुभयो, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारी जस्ता नेताहरुले बनाएको पार्टीका नेता कार्यकर्ताहरुलाई जनताको भावनाभन्दा बाहिर गएर काम गर्ने छुट छैन ।’
एमाले निजगढ नगर अध्यक्ष तिकल घलानको अध्यक्षतामा कोणसभामा भएको हो । यसअघि एमालेले पूर्वपश्चिम लोकमार्गमा मोटरसाइकल ¥याली गरेको थियो । ¥यालीमा ३ सयभन्दा बढी एमाले कार्यकर्ताहरु सहभागी थिए ।
त्यसैगरी नेकपा एमालेले बारा जिल्लाका सबै पालिकामा जनसभा आयोजना गरेको छ ।
कोल्हबी नगरपालिकामा भएको मोटरसाइकल ¥यालीपछिको सभालाई पोलिटब्युरो सदस्य अच्युत मैनाली र जीतपुरसिमरा उपमहानगरपालिकामा भएको जनसभामा अर्का पोलिटब्युरो सदस्य ज्वाला साहलगायतले शंवोधन गर्नुभएको थियो ।



