एक महिनादेखि सम्पर्क बिहिन भएका निजगढ ७ का टंकराज उप्रेती (दिपक) परिवारको सम्पर्कमा आएका छन । उप्रेती बुधवार राति निजगढ ७ लिचीटोलस्थित घरमा आफै आएका हुन ।

उप्रेतीले बिहिबार दिउसो नै जिल्ला प्रहरी कार्यालय कलैया पुगेर प्रहरीसंग सम्पर्क गरेको जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

प्रहरीले सोधपुछको लागि बोलाएपछि उप्रेती परिवारका सदस्यको साथ लागेर कलैया पुगेका थिए ।

प्रहरीले उप्रेतीको अवस्था र यसअघि श्रीमतीलाई मोबाइलमा पठाएको सन्देशको बारेमा जानकारी लिएको जिल्ला प्रहरी कार्यालय बाराका नायब उपरीक्षक पण्डितले बताए ।

यसअघि उप्रेती परिवारको सम्पर्कमा आएको खबर पाएपछि निजगढ प्रहरी पनि घरमै पुगेको थियो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले आफूहरुले घरमै पुगेर उप्रेतीसंघ भेटघाट गरेको र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न जानकारी गराएको बताए ।

अस्वस्थ अवस्थामा रहेका उप्रेती मंगलवार भारतबाट सिधै सर्लाहीको भक्तिपुरस्थित ससुराली घरमा पुगेका थिए । उपचारको लागि भन्दै आफन्तको साथ लागेर भक्तिपुरबाटै काठमाण्डौं गएका उप्रेती फेरि फर्किएर निजगढ आएको प्रहरीले जानकारी दिएको छ ।

व्यवसायिक कामको सिलसिलामा पटना जान्छु भनेर घरबाट निस्किएका दिपकले प्रयोग गर्ने भारतीय सिमको मोबाइलबाट श्रीमति कल्पनाको मोबाइलमा डेढ सातासम्म लगातार अप्रिय र शंकास्पद म्यासेज आएपछि परिवार र आफन्तहरु चिन्तामा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय