निजगढ नगरपालिकामा करिब एक महिना पछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव राजेन्द्र बहादुर अर्याल सोमबार कार्यालयमा हाजिर भएका छन ।

उनलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोम माया थिङ्ग, वडा अध्यक्ष तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ३ वैशाख २०८२ गतेको निर्णय अनुसार निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याललाइ सरुवा गरेको थियो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत कान्ति बाल अस्पतालमा कार्यरत रहेका अर्याल यस अघि धुनीबेसी नगरपालिका, निलकण्ठ नगरपालिका, तानसेन नगरपालिका लगायत अन्य स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृत भई कार्य गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय