
नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) निजगढले निजगढ नगरपालिका- ९ स्थित गौरीशंकर क्याम्पसमा शनिबार नेपाल विद्यार्थी संघको ५६औं स्थापना दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मनमाया तामाङले वृक्षरोपण गरेर कार्यक्रमको सुरुवात गरेका थिए ।
यस्तै नेविसंघले सहिद हिरालाल पार्कमा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम समेत गरी स्थापना दिवस मनाईएको नेविसंघ निजगढका सभापति ईश्वर सापकोटाले बताए ।