निजगढ प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
रौतहटको जङगलसहियाबाट बाराको निजगढ आउदै गरेका निजगढ नगरपालिका– ६ भमारा टोल बस्ने ३० बर्षीय अमृत राउतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
मगलबार मध्यरातमा मधेश प्रदेश ०३–०२७ प ४७०४ नम्बरको स्कुटी डोरियाई जङगलसहियाबाट निजगढ आउदै गर्दा प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटीको डिक्किमा रहेको कालो झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको निजगढ प्रहरी प्रमुख सुमित कुसवाहले जानकारी दिए ।
पक्राउ परेका राउतबाट चेकजाँचका क्रममा नुर्फिन ३० पिस, फेनार्गन ३० पिस, डाईजोपम ३० पिस, सपामो १० पिस, ट्रामाडोल १० पिस, नाईट्रोजोपन १० पिस र सिरिन्च १ पिस लागु औषध बरामद गरिएको प्रहरी निरिक्षक कुसवाहले बताए ।



